२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजनामा तीज विशेष र मनोविमर्श प्रशिक्षण


बिर्तामोड, भदौ २२ । झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले तीज विशेष कार्यक्रमका साथै मनोविमर्श सम्बन्धी प्रशिक्षण गरेको छ ।

कलेजले शुक्रबार नेपाली दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर तीज मिलन तथा मनोविमर्श सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको हो ।

कलेजका एकेडेमिक को–अर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लखी गणेशको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मनोविमर्शकर्ता प्रमिला गौतम खनालको विशेष आतिथ्य रहेको थियो । मनोविमर्श कार्यक्रममा आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजका कक्षा ११ र १२ का विद्यार्थीको उपस्थिति रहेको थियो ।

अनुशा ढकाल खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कलेजका तालिम विभाग प्रमुख दिपक दासले गरेका थिए । दुई सयभन्दा बढी युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सुरुवाती कोठा नेपाल झापा, पाटा विद्यार्थी संगठन, होटल आदर्श, सरगम होटल, आदर्श ब्यांक्वेट बिर्तामोडको संयोजन रहेको कलेजका तालिम विभाग प्रमुख दासले जानकारी दिए ।

Adv footer