२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल अलैँची व्यवसायी महासंघद्वारा पत्रकार न्यौपाने सम्मानित


बिर्तामोड, भदौ २३ । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सन्तोष न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।
महासंघले बिर्तामोडमा आयोजित आठौँ साधारण सभाको अवसरमा पत्रकार न्यौपानेसहित कृषक र व्यवसायी गरी पाँच जनालाई सम्मान गरेको हो ।

पत्रकार न्यौपाने सात वर्षदेखि एभीन्युज टेलिभिजनमा कार्यरत छन् । उनी साझा अनलाइन न्युज डटकमका सम्पादक पनि हुन् । पत्रकारितामार्फत व्यवसायिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, र उत्कृष्ट जिल्लाका रुपमा कास्की रहेका छन् । व्यवसायी प्रभातकुमार अग्रवाललाई पनि सम्मान गरिएको थियो । । उनीहरूलाई जनही आठ हजार एकसय नगदसहित सम्मान गरिएको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer