२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुधबारे जेसीजद्वारा विद्यार्थीलाई ‘साइन्स सिटी’ भ्रमण


बिर्तामोड, भदौ २३ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रबारबाट शुरु भएको छ ।

जेसीज सप्ताहअन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिकाअन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको छ ।

सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञानसम्बन्धी जानकारी दिन भारतको सिलिगुडीमा रहेको साइन्स सिटी विज्ञान संग्रहालयमा भ्रमण गराएको हो ।

उक्त संग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका नमुना देख्न पाएका थिए । सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२३ का उपाध्यक्ष अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा पूर्वअध्यक्ष नन्दकुमार याम्फू राई, मुकेश भट्टराई, महानन्द शिक्षा सदनका प्रिन्सिपल भीम श्रेष्ठ, शिक्षिका सुभद्रा योङयाङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

जन्मदिन खास दिनअन्तर्गत बुधबारे जेसीसका पूर्वअध्यक्ष मुकेश भट्टराई, कार्यकारिणी उपाध्यक्ष अनिल घिमिरेको जन्मदिको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाअन्तर्गत रहेका आधारभूत तहका कक्षा ८ का ११८ जना विद्यार्थीहरुलाई निःशुल्क भ्रमण गराइएको उपाध्यक्ष तीर्थ तिम्सिनाले बताए ।

कार्यक्रम संयोजक अनिल घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रममा जेसीज आस्था पाठ तालिम संयोजक गजुहाङ योङहाङले वाचन गरेका थिए । कार्यक्रम महासचिव कुशल अधिकारीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer