२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मिस्टर एन्ड मिस विश्वकर्माको ताज दिपन र निर्जलालाई


बिर्तामोड, भदौ २४ । मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलको ताज दिपन रसाइली र निर्जला विश्वकर्माले पहिरिएका छन् । झापाको बिर्तामोडमा सम्पन्न फिनालेमा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् ।

आफ्नो समुदायका किशोरकिशोरीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको किशोरतर्फ फस्र्ट रनरअप सफल विश्वकर्मा, सेकेन्ड रनरअप शक्ति विश्वकर्मा भए ।

त्यस्तै, किशारीतर्फ फस्र्ट रनरअप दीक्षा सेन्च्युरी र सेकेन्ड रनरअप आशिका विश्वकर्मा घोषित भए । प्रतियोगितामा झापा, मोरङ, इलामलगायतका जिल्लाका १५ किशोरी र ८ किशोरले सहभागिता जनाएका थिए ।

आयोजक बि ब्रोस इन्टरटेन्टमेन्टका अध्यक्ष तथा मोडल सञ्जय विश्वकर्माका अनुसार विजेताहरुले नगद ५० हजार, आकर्षक उपहार र दिलिप समनले निर्देशन गर्ने म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् ।

प्रतियोगितामा किशोरीहरु आशिका विश्वकर्मा, जोश्ना दियाली, मेघा रसाइली, रविना बराइली, रिया विश्वकर्मा, दीक्षा सेन्च्युरी, सिर्जना विश्वकर्मा, सरिता विश्वकर्मा, करुणा विश्वकर्मा, वर्षा विश्वकर्मा, ऐश्वर्या दुधराज, आश्ना लोहार, अश्मि रसाइली, रेमोना लोहार र निर्जला विश्वकर्मा सहभागी थिए ।

त्यस्तै, किशोरहरुमा सरोज विश्वकर्मा, शक्ति विश्वकर्मा, घनश्याम विश्वकर्मा, रोहित पौडेली, सुमन सुनार, सुजल विश्वकर्मा, सफल विश्वकर्मा र दिपन रसाइली प्रतियोगितामा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer