२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कृपाको स्वरमा तीज गीत ‘रातो सारीमा’


बिर्तामोड, भदौ २५ । तीजलाई लक्षित गरेर सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेलले ‘रातो सारीमा’ बोलको गीत तथा भिडियो ल्याएकी छन् ।

कृपाको स्वरमा रहेको तीज गीत आफ्नै अफिसियल युट्युब च्यानल कृपा पौडेलबाट रिलिज भएको हो । गीतमा तीजको पहिरन र आभूषणले सजिएकी नारीको प्रसंगमा आधारित रहेको छ । तीजको रमझममा सासू र आमाले छोरी र बुहारीप्रति गर्ने भेदभावलाई देखाइएको कृपाले बताइन् ।

गीतमा शान्ता न्यौपानेको रचना, संगीत रहेको छ । त्यस्तै, भिडियो निर्देशन सनम खतिवडा राजाले गरेका हुन् । एरेञ्जर राकेश सोनी रहेको यो तीज गीत रेम्बो स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो ।

सप्तक संगीत विद्यालय बिर्तामोड झापा र महिला अधिकारका लागि राष्ट्रिय अभियानले निर्माण गरेको यो गीतको भिडियोमा गायिका कृपा, सञ्जीवनी पौड्याललगायतको मुख्य अभिनय रहेको छ ।

गीतको भिडियोलाई दिपक कार्की र टिमले छायाँकन गरेका हुन् । भिडियोमा सुरज लुहागुनको कोरियोग्राफी छ । झापा बिर्तामोड–२ चारपानेकी कृपाले पहिलोपटक तीज गीत ल्याएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer