२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनका विद्यार्थीद्वारा ढुंगेलको घरको निःशुल्क वाइरिङ


मेचीनगर, भदौ २६ । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छ ।

विद्यालयको अतिरक्ति कक्षाअन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर १० मा नेपाल सरकारको गरिब आवास परियोजनाअन्तर्गत वडाको नेतृत्वमा बनेको चन्द्र ढुंगेलको घरको वाइरिङ गरिदिएको हो ।

विद्यार्थीले ढुंगेलको घरमा वाइरिङ गर्दा प्रयोग भएका सम्पूर्ण सामानहरु पनि आफ्नो कोषबाट निःशुल्क जडान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

फरक क्षमता भएका ढुंगेल स्थानीय मन्दिरका पुजारी हुन् । वडा सदस्य विशाल कार्की, टोल सचिव मातृका दाहालको उपस्थितिमा वाइरिङको काम सकेर हस्तान्तरण गरिएको हो ।

इस्ट होराइजनले विद्यार्थीहरुलाई सीपमुलक तालिमका साथै उनीहरुलाई व्यावहारिक शिक्षासमेत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer