२०८२ बैशाख १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अल्बानिया पठाउने भन्दै रकम ठगेको आरोपमा बिर्तामोडकी सुधा पक्राउ


बिर्तामोड, भदौ २७ । वैदेशिक रोजगारीमा पठाउने भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ४ की २५ वर्षीया सुधा चौधरी रहेकी छन् । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौँको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Adv footer