२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कम शुल्कमै पढ्न पाएपछि पाथिभरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण


बिर्तामोड, भदौ २७ । गत वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको बिर्तामाड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पिसिएएस) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

स्वास्थ्यसँगै शैक्षिक हब बन्दै गएको बिर्तामोडमै काठमाडौँ तथा भारतको भन्दा कम शुल्कमा इन्जिनियरिङ पढ्न पाइने भएपछि विद्यार्थीको आकर्षण बढेको हो ।

भौतिक संरचना निर्माण भएर पनि १२ वर्षपछि गत वर्ष मात्र सम्बन्धन पाएको सो इन्जिनियरिङ कलेजले स्नातक तहमा दोस्रो ब्याचको नयाँ भर्ना धमाधम लिइरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो ।

कलेजमा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ सञ्चालन हुँदै आएको क्याम्पसका प्रमुख कार्यकारी अधिकृत अनुज पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार कलेजमा तीनवटा फ्याकल्टीमा ४८–४८ जना विद्यार्थीको कोटा रहेको छ । सुविधासम्पन्न कक्षाकोठा, आवश्यक ल्याब सुविधा, दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा कलेजमा रहेको अध्यक्ष युवराज प्रसाईंले बताए ।

पराजुलीका अनुसार यो शैक्षिकसत्रका लागि विद्यार्थीले यही असोज ८ गतेसम्म आवेदन फारम भर्नुपर्ने र कलेजमै सम्पूर्ण भौतिक पूर्वाधार भएकाले असोज १३ गते इन्ट्रान्स हुनेछ ।
-सशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer