२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उद्यमशील महिला समूहलाई कर्जा प्रदान गरेर तीज मिलन


मेचीनगर, भदौ २७ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मेची उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्यमशीलताका लागि महिला समूहलाई कर्जा प्रदान गरेको छ ।

संघका अध्यक्ष खेमराज प्रसाईंका अनुसार कार्यक्रममा महिला उद्यमशीलताका लागि सहुलियत कर्जा हस्तान्तरण गरिएको हो । मेचीनगरका विभिन्न छवटा महिला समूहलाई व्यवसाय सञ्चालन तथा प्रबर्द्धनका लागि सहुलियत कर्जा प्रदान गरिएको अध्यक्ष प्रसाईंले बताए ।

संघले तारापुञ्ज छोरीबुहारी सशक्तीकरण संस्था, सञ्जीवनी महिला विकास संस्था, संयुक्त युवा संघ, समाज सुधार महिला समूह, नारी कल्याणकारी विकास संस्था र महिला जनचेतना केन्द्रलाई १ लाख ७० हजार रुपैयाँका दरले कर्जा दिइएको हो ।

छवटा संस्थालाई कृषि, पशुपालन र सिलाइबुनाई व्यवसाय प्रबर्द्धनका लागि जम्मा १० लाख २० हजार रुपैयाँ सहुलियतमा कर्जा दिइएको कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए ।

प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईं र विशेष अतिथि मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती रहेका थिए । उपाध्यक्ष निर्मला चौहानले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

तीज मिलन कार्यक्रम समापन गर्नुअघि संविधानसभाका अध्यक्ष दिवंगत सुवास नेम्वाङप्रति शोक मनाइएको थियो । सहभागीहरुले एक मिनेट मौनधारण गरेर नेम्वाङको आत्मा शान्तिको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer