२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आफ्नै स्टाफमाथि जबरजस्ती गर्ने दमकका दन्त चिकित्सकमाथि अनुसन्धान जारी


दमक, भदौ २८ । आफ्नै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा दमकका एकजना दन्त चिकित्सक पक्राउ परेका छन् ।

प्रहरीले उनलाई एक साताअघि नै पक्राउ गरेको भए पनि खबर भने आज मात्र बाहिरिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

दमकमा सूर्योदय दमक डेन्टल सञ्चालन गर्दै आएका डक्टर नवनितकुमार झालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो । दमक–९ का झापाको दमक–६ मा डेन्टल क्लिनिक छ ।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डक्टर झालाई भदौ २१ गते इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो । प्रहरीले झामाथि जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सो मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको बताए । आरोपी झाले भने आफूले ती महिलामाथि जबरजस्ती करणीको प्रयास नगरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer