२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनको बाल दिवसमा बालबालिका नै प्रमुख अतिथि


पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै पुरी र ओझा ।

मेचीनगर, भदौ २९ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

आज धुलाबारीस्थित विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यायलयका छात्र प्रमुख लोकेन्द्र पुरी र छात्रा प्रमुख साक्षी ओझा रहेका थिए ।

बालबालिकाहरुको विशेष कार्यक्रममा विद्यार्थीकै प्रतिनिधित्व गराउँदै पुरी र ओझालाई प्रमुख अतिथि बनाइएको संस्थापक प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

कार्यक्रममा संस्थापक प्रिन्सिपल राई, प्रशासन प्रमुख सावित्री सापकोटा राई, विद्यालयका शिक्षकशिक्षिकाहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

इस्ट होराइजनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु, नृत्य, गायन, चित्रकला तथा सीपमुलक तालिम र व्यावहारिक शिक्षासमेत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer