२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा ज्येष्ठ आमा र फरक क्षमताका बालबालिकालाई लत्ताकपडा


बिर्तामोड, भदौ २९ । पढाइसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले सामाजिक कार्यमा लगानी गरेको छ ।

तीज विशेष तथा बाल दिवसको अवसर पारेर विद्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फरक क्षमता भएका बालबालिकालाई लत्ताकपडा वितरण गरेको छ ।

विद्यालयका महिला कर्मचारी र विद्यार्थीहरुले झापाको कनकाईस्थित माईधारको कृष्ण प्रणामी मन्दिरमा आश्रित १० जना ज्येष्ठ आमा र कनकाई ४ मा रहेको पुकार अपांग अशक्त सरोकार समाज झापामा रहेको बालबालिकालाई तन्ना, सिरानीका खोल, झुल वितरण गरेको हो ।

त्यस अवसरमा उनीहरु फलफूल तथा जुससमेत वितरण गरेर तीज तथा बाल दिवस मनाइएको थियो । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने विद्यालयकी बेकरी विभाग प्रमुख अनुसा ढकाल खरेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer