२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राजवंशी समुदायको पहिलो न्यायाधीश बन्दै झापाका पूर्णप्रसाद


बिर्तामोड, भदौ ३० । लामो समयदेखि वकालत गर्दै आएका दक्षिणी झापाका पूर्णप्रसाद राजवंशी आफ्नो समुदायबाट न्यायाधीश बन्ने पहिलो व्यक्ति हुने भएका छन् ।

राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै उनी राजवंशी समुदायको पहिलो न्यायाधीश बन्ने भएका हुन् ।

झापाको कचनकवल गाउँपालिका–३ स्थायी घर भएका राजवंशीलाई न्याय परिषद्ले हिजो उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे ।

राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । सिफारिस सूचीमा उनीसँगै छजना कानुन व्यवसायी पनि छन् । झापाबाट सिफरिसमा पर्ने उनी मात्र हुन् ।

नेपाल ल क्याम्पसबाट कानुन विषयको अध्ययन गरेका राजवंशीले माध्यमिक शिक्षा गाउँकै पथरिया माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । उनी आफ्नै फर्म पि राजवंशी एन्ड लिगल एसोसिएट्समार्फत वकालत गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer