२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका निक्मा र प्रतिमालाई राष्ट्रिय युथ तथा जुनियर बक्सिङमा स्वर्ण


बिर्तामोड, असोज १ । राष्ट्रिय युथ तथा जुनियर बक्सिङ प्रतियोगिता र छनोट प्रतियोगितामा झापाका दुईजना मुक्केबाजले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा झापाबाट जुनियर पुरूषतर्फ ५७ केजी तौल समूहमा निक्मा तामाङ र महिलातर्फ ५० केजी तौल समूहमा प्रतिमा राईले स्वर्ण पदक जितेका हुन् । निक्मा झापाको मेचीनगर १५ का हुन् भने प्रतिमा दमककी हुन् ।

नेपाल बक्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले यही कत्तिक ४ गतेदेखि १८ गतेसम्म काजाकिस्तानको राजधानी आस्ताना सहरमा आयोजना हुने एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

यसैबीच, छनोट प्रतियोगितामा महिला जुनियरतर्फ झापा दमककी सुस्मिता योङहाङले ६३ केजी तौल समूह र महिला युथतर्फ दमककै स्मारिका राईले ५४ केजी तौल समूहमा रजत पदक जिते ।

पुरुष जुनियरतर्फ दमककै दिपेश विश्वकर्मा, रोशन विश्वकर्मा र ग्याल्बो आङदेम्बेले कास्य पदकमा चित्त बुझाए । प्रज्ज्वल खड्काले ५१ केजी तौल समूहमा पुरुष युथतर्फ कास्य पदक पाए ।

५७ केजी तौल समूहबाट दमकका योएल राई आज दिउँसो हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्दै छन् । उनी पुरुष युथतर्फ स्वर्ण पदकका लागि बक्समान्डुका छिरिङ वाङदी शेर्पासँग खेल्दै छन् ।

छनोट प्रतियोगितामा युथ महिलातर्फ १६ जना, पुरुषतर्फ ५२ जना र जुनियर महिलातर्फ ७ जना र पुरुषतर्फ ४३ जना गरी जम्मा ११८ जना खेलाडीहरु सहभागी छन् । भदौ २९ गतेदेखि भएको प्रतियोगिता आज असोज १ गते सम्पन्न हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer