२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिकी रेश्मालाई तेक्वान्दोमा स्वर्ण, ७ खेलाडीलाई पदक


बिर्तामोड, असोज १ । काठमाडौँमा आयोजित ११ औँ कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा झापा बुद्धशान्तिका खेलाडीले एक स्वर्णसहित रजत र कास्य पदक जित्न सफल भएका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा जयपुर तेक्वान्दो डोजाङबाट सहभागी रेश्मा भुजेलले ५२ जना प्रतियोगिलाई पछि पार्दै ४९ केजी तौल समूहको फाइट गेरोगीमा स्वर्ण पदक जितेकी हुन् ।

त्यस्तै, पुम्से विधामा खुसी गौतम, आर्जु पोखरेल र आयुषा बोहोराले रजत पदक जितेका छन् भने निर्मला रसाइली, पेसल बोहोरा र एन्जिला दर्जीले कास्य पदक हासिल गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा जयपुर तेक्वान्दो डोजाङका प्रशिक्षक चन्द्र गौतमले जानकारी दिए ।

प्रशिक्षक गौतमका अनुसार आठजना खेलाडी प्रतियोगितामा सहभगी थिए । जसमा रेश्माले फाइट गेरोगीमा स्वर्ण पदक जितिन् भने अन्य तीनतीन खेलाडीले पुम्से विधामा रजत र कास्य पदक जितेका हुन् ।

प्रतियोगितामा ७११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी थिए । पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer