२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको लाइफ लाइनलाई शिक्षा मन्त्रालयको पुरस्कार


दमक, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झापा दमकको लाइफ लाइन अस्पताल प्रालिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा लाइफ लाइनलाई प्राविधिक शिक्षालयतर्फ पुरस्कृत गरिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएकोले लाइफलाइनलाई नगद एक लाखसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयमा लाइफलाइन परेकाले ध्वजा समेत प्रदान गरिने भएको छ ।

परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा राष्ट्रिय स्तरमा लाइफ लाइनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer