२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीका तीन बालकको भारतको पानीट्यांकीबाट उद्दार


मेचीनगर, असोज २ । झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकीबाट भारततर्फ लैजाँदै गरेका तीनजना बालकको उद्दार गरिएको छ ।

अपरिचित व्यक्तिले फकाएर भारततर्फ लैजाँदै गरेका ती बालकहरूलाई सशस्त्र प्रहरी बल नेपालको समन्वयमा भारतीय एसएसबीले सीमा नाकाबाटै उद्दार गरेको हो । उद्दार गरिएका बालकहरु सशस्त्र प्रहरी बल नेपाललाई जिम्मा लगाइएको छ ।

उद्दार गरिएका बालकहरू मेचीनगर– १० धुलाबारी पाथिभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी दिनेश कटुवालले जानकारी दिए ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्दार गरेका बालकहरूलाई सोमबार राति साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डिएसपी कटुवालले बताए । त्यसपछि बालकहरूलाई आआफ्नो अभिभावकको जिम्मा लगाउन भनी विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer