२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका २१ जना नेपाल विद्या भूषणबाट विभूषित


बिर्तामोड, असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा झापाका २१ जनालाई विद्या भूषणबाट विभूषित गर्ने भएको छ ।

शिक्षा क्षेत्रमा योगदान पु¥याएको आधारमा झापाका २१ जनालाई विद्या भूषणबाट विभूषित गरिने भएको हो । मन्त्रालयले मंगलबार विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।

नेपाल विद्या भूषण ‘क’ तर्फ १८ जना, नेपाल विद्या भूषण ‘ख’ तर्फ दुईजना, नेपाल विद्या भूषण ‘ग’ तर्फ एकजना रहेका छन् । नेपाल छात्रा विद्या पदक ‘क’, नेपाल छात्रा विद्या पदक ‘ख’ र नेपाल प्रविधि विद्या भूषणतर्फ भने झापाका कोही पनि परेका छैनन् ।

नेपाल विद्या भूषण ‘क’ पाउनेमा सुमन खरेल, राजेचन्द्र गिरी, वासुदेव ढुंगेल, भेषराज अधिकारी, नित्यानन्द खतिवडा, खेमराज खनाल, देवीप्रसाद नेपाल, गोपाल सेढाईं, रोशन खतिवडा, सुवास फयाल, सुरज थुलुङ रहेका छन् ।

त्यस्तै, तिलकबहादुर खत्री, राजेश नेपाल, श्रीप्रसाद विष्ट, भानुभक्त पोखरेल, सुमन फुयल, सूर्यराज पाठक, निराजन भट्टराईले समेत नेपाल विद्या भूषण ’क’ पाएका छन् ।

शर्मिला सुवेदी र राजीव रिजालले नेपाल विद्या भूषण ‘ख’ पाउँदा शारदकुमार पाण्डेले नेपाल विद्या भूषण ‘ग’ पाएका छन् ।

नेपाल विद्या भूषण ‘क’ पाउनेले विद्यावरिधि पूरा गरेका हुन् भने नेपाल विद्या भूषण ’ख’ ले स्नातकरोत्तर र नेपाल विद्या भूषण ‘ग’ पाउनेले स्नातक तहमा उत्कृष्ट ग्रेडमा प्रथम भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer