२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

क्यानको केन्द्रीय प्रतिनिधि पठाउने विषयमा झापामा विवाद, सचिवले माइन्युट लुकाएको भनाइ


बिर्तामोड, असोज ३ । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ ।

झापा जिल्ला क्रिकेट संघबाट एकजना मात्र प्रतिनिधि केन्द्रीय निर्वाचनमा पठाउने प्राबधान रहेको र आकांक्षी दुईजना देखिएपछि विवाद भएको हो ।

झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज कटवाल आकांक्षी थिए । दुवैजना पछि नहटेपछि कार्यसमितिमा चुनाव नै भएको थियो ।

झापाको १५ सदस्यीय कार्यसमितिमा भएको चुनावमा मनोजको पक्षमा १३ र लाक्पाको पक्षमा दुई मत प्राप्त भएको थियो ।

तर, अध्यक्ष प्रविन थापा र सचिव लाक्पाले एकपक्षीय ढंगले निर्णय गर्दै लाक्पालाई केन्द्रीय प्रतिनिधि पठाउने चिठी क्यानमा पठाएको पाइएको छ ।

कटवालका अनुसार भदौ २२ गतेको बैठकको उपस्थितिमा हस्ताक्षर गराएर सचिव लाक्पाले निर्णय आफूखुसी लेखेका हुन् । अन्य पदाधिकारी र सदस्यले माइन्युट हेर्न माग गर्दा लाक्पाले नदिएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

बहुमत सदस्यहरुले लाक्पाले माइन्युट कब्जा गरेर लुकाएको बताएका छन् । क्यानको केन्द्रीय कार्यसमितिका लागि आगामी असोज ५ र ६ गते निर्वाचन काठमाडौँमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer