२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नगरपालिकाले सहयोग नगरेको मेची चेम्बरको गुनासो


मेचीनगर, असोज ३ । मेचीनगरका व्यापारीहरुको साझा संस्था मेची चेम्बर अफ कमर्सका अध्यक्षलगायत पदाधिकारीहरुले नगरपालिकाले सहयोग नगरेको गुनासो गरेका छन् ।

संस्थाको आज सम्पन्न चौथो साधारणसभाको कार्यक्रममा उनीहरुले चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको भए पनि स्थानीय सरकारले संस्थालाई साथ नदिएको गुनासो गरेका हुन् ।

संस्थाकी अध्यक्ष रुकमिणि आचार्य पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति र भावी योजनाको विषयमा प्रतिवेदनमार्फत प्रकाश पारिएको थियो ।

मेचीनगर वडा नम्बर १० कि वडा सदस्य लीला दर्नालको प्रमुख आतिथ्यतामा सम्पन्न दर्नालसहित संस्थाका कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, केन्द्रीय सदस्य ओमकृष्ण बिमली, पुनित वंशललगायतको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष कृष्ण पनेरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए । संस्थामा मेचीनगरका ६०० व्यवसायी सदस्य आबद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer