२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्वरोजगार भवानी साकोसको नाफा तीन करोड ५३ लाख ९८ हजार


बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा तीन करोड ५३ लाख ९८ हजार ७२५ रुपैयाँ रहेको छ ।

संस्थाको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा अध्यक्ष केशव बस्नेतले प्रस्तुत गरेको प्रगति विवरणअनुसार आर्थिक वर्ष ०७९/०८० मा आम्दानी १३ करोड ३३ लाख २० हजार ३४२ रुपैयाँ र खर्च नौ करोड ३६ लाख ९१ हजार ७५७ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको सदस्य ४६ हजार १९६ जना, शेयर पुँजी १८ करोड १९ लाख १९ हजार १०० रुपैयाँ, निक्षेप ७९ करोड ३१ लख ४८ हजार ३८४ रुपैयाँ, ऋण लगानी ८८ करोड २० लाख ६२ हजार ८० रुपैयाँ रहेको छ ।

संस्थाका झापा र इलाम जिल्लाभरि र मोरङको उर्लाबारीमा गरी २८ वटा सेवाकेन्द्र र सुपथ मूल्यको दुईवटा सहकारी पसल रहेका छन् ।

संस्थाले आर्थिक वर्ष ०७९/०८० मा १०५ जना महिलालाई पाँच हजार पाँच सय रुपैयाँको प्रसूति सुविधा, ८४ जनालाई ज्येष्ठ नागरिक तथा एकल सेवा सुविधा, ३३ जनालाई सदस्य स्वास्थ्य सुविधा, १७४ जनालाई सदस्य अवसान सेवा सुविधा, तीनजना सदस्यलाई कर्जा बीमा, र एकजना सदस्यलाई सदस्य अस्पताल भर्ना राहत सुविधा प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, साना मझौला व्यवसायी सहकारी संस्थाकी अध्यक्ष देविका बस्नेत, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटा, बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका कमल खनाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गरेको विभागिय प्रमुख नारायण न्यौपानेले जानकारी दिए । संस्थाका अध्यक्ष कमल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्याक्रममा स्वागत संस्थाकी उपाध्यक्ष कमला थापा मगरले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer