२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई धाम धार्मिक विकास संस्थाको अध्यक्षमा थापाको उम्मेदवारी


बिर्तामोड, असोज ५ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको कनकाई धाम धार्मिक विकास संस्थाको आसन्न निर्वाचनमा समाजसेवी शेरबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

संस्थाको निर्वाचन यही असोज १५ गते हुँदैछ । थापा नेतृत्वको स्वतन्त्र नागरिक कार्य सम्पादन समूहले उम्मेदवारी मनोनयन दर्ता गराएको हो ।

स्वतन्त्र प्यानलमा कुनै पनि पार्टीमा नभएका उम्मेदवार रहेको अध्यक्ष पदका प्रत्यासी थापाले बताए । धार्मिक संस्थामा सिट बाडफाँड गरेर निर्माण हुन लागेको देखेर स्वतन्त्र रुपमा आफू नेतृत्वको स्वतन्त्र प्याल खडा गरी उम्मेदवारी दिएको थापाको भनाइ छ ।

पुस्ताकालय, संग्रहालय, मेचीकाली भवन पूरा गर्न साथै अन्य अधुरा धेरै कामहरु पूरा गर्नुपर्ने भएकाले आफू नेतृत्व प्यानल निर्वाचित भए त्यसलाई पूरा गर्ने थापाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, पर्यटकीय स्थलका रुपमा रहेको उक्त धार्मिक संस्था अगाडि नबढेको बताउँदै योजनासहित आफू नेतृत्लेव प्यानल खडा गरेको उनले जानकारी दिए । उनले दलहरुको विरुद्धमा गएर सबैले मतदान गर्नेसमेत विश्वास व्यक्त गरे ।

स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा शेरबहादुर थापा, वरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, पर्यटन उपाध्यक्षमा रामकुमार अधिकारी र धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका सुवेदी चापागाईंले मनोनयन दर्ता गराएका छन् । सदस्य पदका लागि मनोनयन दर्ता गराएको जनाइएको छ ।

३२ जनाको कार्यसमिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ९ जना निर्वाचित समितिले मनोनित गर्ने थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer