२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ


बिर्तामोड, असोज ६ । झापाको काँकरभिट्टाबाट प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–३ बिर्ताबजारका २४ वर्षीय उत्सव चौधरी, मेचीनगर–९ का २० वर्षीय निर्दोष डाँगी र सोही स्थानका उनकै साथी २७ वर्षीय साजन राजवंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागि जाँच गरेको थियो ।

जाँचको क्रममा चौधरीको साथबाट खैरो हिरोइन १ ग्राम ५०० मिलिग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही स्थानमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका डाँगीलाई शंका लागेर जाँच गरेको थियो ।

जाँच गर्दा उनको साथबाट पनि खैरो हिरोइन १ ग्राम फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनका साथी राजवंशी समेत संलग्न रहेको खुलेपछि खोजतलास गर्ने क्रममा मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

राजवंशीलाई जाँच गर्दा उनको साथबाट पनि खैरो हिरोइन ९०० मिलिग्राम फेला परेको जनाइएको छ । नियन्त्रणमा लिइएका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer