२०८१ पुष १३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

यस्तो छ ग्रिन टि पिउने सही तरिका, घटाउँछ मोटोपना


बिर्तामोड, असोज ९ । मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टिको सेवन निकै फाइदाजनक हुन्छ ।

ग्रिन टिमा पाइने पोषक तत्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ । तर, यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईंलाई हानि समेत गरिरहेको हुन्छ ।

तौल घटाउन ग्रिन टि पिउने सही तरिका के हो त ?

ग्रिन टिमा पाइने गुण र पोषक तत्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ ।

ग्रिन टिमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ । यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ ।

– सुरुमा तपाईंले १ कप पानी राम्ररी उमाल्नुहोस् ।
– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस् ।
– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस् ।
– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।
– यदि तपाईं टि ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस् ।
– त्यसपछि यो ग्रिन टिमा कागतीको रस वा मह मिसाउनुहोस् ।
– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ ।
– ग्रिन टि बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस् ।

तौल घटाउनको लागि ग्रिन टि कहिले पिउने ?

यद्यपि तपाईंले जुनसुकै समयमा ग्रिन टि पिउन सक्नुहुन्छ तर यदि तपाईंले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईंलाई बढी फाइदा हुन्छ । यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टि पिउनुपर्छ ।

बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईंको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ । ग्रिन टि दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer