२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा पर्यटन विषयक वक्तृत्वकला


मेचीनगर, असोज १० । विश्व पर्यटन दिवस २०२३ को अवसरमा मेचीनगरस्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा आज (बुधबार) ‘नेपालमा पर्यटनको सम्भावना र चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नेपालमा पर्यटनको प्रचुर सम्भावना भए पनि सरकारले त्यसको सही व्यवस्थापन गर्न नसकेको औँल्याउँदै आफ्नो प्रस्तुतिमा नेपाललाई हिराको संज्ञा दिएका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो भूभाग आफ्नै प्रदेशमा भए पनि पर्यटन प्रबर्द्धन अझै हुन नसकेको दुखेसो समेत पोखेका थिए ।

प्रतियोगितामा सरस्वती माविका चिरञ्जीवी कोइराला प्रथम, बालसुबोधनीका रमेश नेपाल दोस्रो र इस्ट होराइजनकी रेजिना बन तेस्रो भइन् । उनीहरुलाई नगद ५ हजार, ४ हजार, ३ हजारसहित प्रशंसापत्रद्वारा पुरस्कृत गरिएको थियो ।

पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत हेमराज अर्यालले गरेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख प्रभात भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer