२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

लक्ष्मीधापमा असोज २७ देखि जिल्लास्तरीय फुटबल हुने


बिर्तामोड, असोज १२ । झापाको अर्जुनधारा ११ स्थित स्थानीय लक्ष्मीधाप स्पोर्टस् क्लबको आयोजनामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

खेलाडी उत्पादन र लागुऔषध दुव्र्यसनविरुद्ध आयोजना गरिएको प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।

प्रतियोगिता यही असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म लक्ष्मीधाप खेलमैदानमा हुनेछ । लक्ष्मीधाप खेलमैदान नेपाली फुटबलका अन्तर्राष्ट्रिय खेलाडी विशाल राईको घरेलु मैदान हो ।

राईका अनुसार आयोजक क्लबसँगै शनिश्चरे एफसी, बिर्तामोड युनाइटेड, न्यु स्टार क्लब, ब्रदर्स युनाइटे चन्द्रगढी, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जलथल एफसी र सताक्षीधाम स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ४१ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि उनले बताए । उनका अनुसार विजेताले नगद ५१ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ३१ हजार पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने संयोजक तिलिङले बताए । यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार पाउने छन् ।

त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार ५ सय पाउने क्लबका सचिव रुद्रप्रसाद दर्जीले बताए ।

प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer