बिर्तामोड, असोज १३ । बिर्तामोड नगरपालिकाले निःशुल्क रेबिज खोप कार्यक्रम सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले शुक्रबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गरे । वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमअन्तर्गत नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई एक साताभरि खोप लगाइनेछ ।
बिर्तामोड नगरपालिकाले वर्षभरि नै रेबिज खोप निःशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछी तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निःशुल्क लगाउने व्यवस्था रहेको शाखाका अधिकृत राजेश अधिकारीले जानकारी दिए ।