२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको धुलाम्मे सडक तत्काल मर्मत नगरे व्यापारीले नगरपालिकालाई चाबी बुझाउने


दमक, असोज १५ । झापाको दमकस्थित मुख्य बजारक्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक तत्काल मर्मत गर्न नेपाल उद्योग तथा व्यवसायी महासंघ दमकले नगरपालिकाको ध्यानकर्षण गराएको छ ।

तत्काल मर्मत नगरे व्यवसायीले नगरपालिकालाई चाबी बुझाउने अवस्था आउने भन्दै नगरप्रमुख रामकुमार थापाको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै, चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि पुराना तथा बिग्रिएका सिसि टिभी क्यामेरा मर्मत र थप नयाँ जडान गर्न तथा दमकको नमुना बजारको व्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न महासंघले आग्रह गरेको छ ।

सोमबार महासंघका प्रदेश सदस्य विमल खतिवडा, नगर अध्यक्ष रमेश लुइँटेलसहितको टोलीले सडक मर्मत नभए पीडित व्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनुपर्ने अवस्था आउने चेतावनी दिएको छ ।

पशुहाटदेखि फाल्गुनन्दचोक र फाल्गुनन्द चोकदेखि हिमालय माविसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा व्यवसायीहरु पीडित बनेको खतिवडाले बताए ।

यसैबीच, नगरप्रमुख थापाले सडक मर्मत र निर्माणको काम तत्कालै सुरु गराउने र यसका लागि आफूले बारम्बार पहल गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer