२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एसियन गेम्समा भारतविरुद्ध नेपालः भारतको भन्दा धेरै छक्का प्रहार


बिर्तामोड, असोज १६ । एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो ।

विश्व नम्बर एक टोलीविरुद्ध नेपालले २०३ रन पछ्याउँदा भारतको भन्दा बढी छक्का प्रहार गरेको हो । २०३ रनको लक्ष्य पछ्याउँदा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन बनाएर २३ रनको पराजय बेहो¥यो ।

यस क्रममा नेपालले भारतविरुद्ध १४ छक्का र ११ चौका प्रहार गरेको छ । भारतले १२ वटा छक्का र १७ चौका प्रहार ग¥यो । नेपालले भारतको भन्दा २ वटा छक्का बढी हान्यो ।

त्यस्तै, भारतले नेपालको भन्दा ६ वटा बढी चौका प्रहार गरेको थियो । नेपालका लागि दिपेन्द्रसिं ऐरीले १५ बलमा ३२ रन बनाउँदा ४ छक्का प्रहार गरे । यस क्रममा उनले एउटा पनि चौका प्रहार गरेनन् ।

सन्दीप जोराले १२ बलमा २९ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार हाने । करण केसीले १३ बलमा १८ रन प्रहार गर्दा २ छक्का र १ चौका प्रहार गरे । कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीले एकएक छक्का प्रहार गरे ।

नेपालविरुद्ध शतक हानेका यजस्वी जैसवालले ७ छक्का र ८ वटा चौका प्रहार गरे । रिन्कु सिंहले ४ छक्का र शिवम दुवेले एक छक्का प्रहार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer