२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ज्यामिरगढीबाट चार लाखको शृंगारका सामान बरामद


मेचीनगर, असोज १६ । प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको शृंगारका सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका १५, ज्यामिरगढीस्थित बिचार्नीमा उक्त मूल्यबराबरको शृंगारका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट सामान भित्र्याइएको बताइएको छ । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानको धनी भने प्रहरीले खुलाएको छैन । त्यस्तै, सवारी साधन पनि नियन्त्रणमा लिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer