२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

न्युटन्स बाल क्लबद्वारा बालज्योतिका विद्यार्थीलाई शैक्षिक सामग्री


बिर्तामोड, असोज १७ । झापा बिर्तामोडको न्युटन्स् बाल क्लबले अर्जुनधाराका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

न्युटन्स् एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले अर्जुनधारा ९ स्थित बालज्योति प्राथमिक विद्यालयका ६५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको क्लबकी अध्यक्ष रोनिशा दाहालले जानकारी दिइन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै फोकल पर्सन मिनु शिवाकोटीले क्लबको नेतृत्वमा विद्यार्थीबाट संकलन गरेको कपि, कलम, पेन्सिल, इरेजर लगायतका सामग्री तथा खाजा वितरण गरिएको बताइन् ।

बाल क्लबका पदाधिकारी तथा कक्षा ९ का विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बालज्योति विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विजय कनुवार, प्रधानाध्यापक पूजा भारती लगायतको उपस्थिति रहेको थियो ।

शिक्षक अभिभावक संघ अध्यक्ष सुरेन्द्र गिरीले बाल क्लबको माध्यमबाट सामुदायिक विद्यालयका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउन वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीलाई सहज हुने बताए ।

उनले बाल क्लबलाई धन्यवाद दिएका थिए । यसअघि पनि न्युटन्स् स्कुलले बालज्योतिका बालबालिकालाई खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।

क्लबका सदस्य अन्स न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले स्थानीय पर्यटकीय क्षेत्र सालबारी झिल तथा नेपालको एकमात्र कछुवा प्रजनन केन्द्रको समेत अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer