२०८१ पुष १४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कपाल र नङ काट्दा किन दुख्दैन ?


बिर्तामोड, असोज १८ । हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।
हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौँ । तर, कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भागचाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?

शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् त्यसैले तिनलाई काट्दा दुख्दैन । तर, कपाल पूरै मृत कोशिकाबाट बनेको भए पनि नङ चाहिँ यसो पनि होइन ।

तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ ।

पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । छालासँग जोडिएका नङचाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer