२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

२४ करोडको अनलाइन सट्टेबाजीमा संलग्न दमकका पिन्टुकुमार शाह पक्राउ


बिर्तामोड, असोज १९ । झापा दमकका पिन्टुकुमार शाह अनलाइन सट्टेबाजी (बेटिङ) मा संलग्न भएको पाएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई दमकबाटै पक्राउ गरेको हो ।

बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार शाहलाई दमकबाट पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसपी रवीन्द्र रेग्मीले शाहले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको दाबी गरे ।

शाहले वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम ८८ जस्ता दर्जनभन्दा बढी वेबसाइटहरूमार्फत बेटिङ गर्न लगाएको र अवैध असुली गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer