२०८१ पुष १४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पञ्चकन्या सोसाइटीको अध्यक्षमा ओमनाथ उप्रेती


बिर्तामोड, असोज २० । बिर्तामोड १ मा रहेको सामाजिक संस्था पञ्चकन्या सोसाइटीको अध्यक्षमा ओमनाथ उप्रेती चयन भएका छन् । सोसाइटीको आज बिर्तामोडमा सम्पन्न आठौँ वार्षिक साधारणसभाले उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सोसाइटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना, महिला उपाध्यक्षमा इन्दिरा भट्टराई, सचिवमा बिपी लामिछाने, सहसचिवमा दधिराम पाठक, कोषाध्यक्षमा विष्णुप्रसाद चुडाल र सहकोषाध्यक्षमा राजन दाहाल चयन भएका छन् ।

त्यस्तै, सदस्यमा टिका प्रसाईं मैनाली, डिल्लीराम त्रिताल, गौरा भेटवाल, मनकुमारी लिम्बू, दुर्गा खड्का भट्टराई, वीरमाया आङदेम्बे, खिना तिम्सिना र गेयनाथ खरेल चयन भएका छन् ।

सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि बिर्तामोड १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे रहेका थिए ।

कार्यक्रमको सञ्चालन रोहितकुमार भट्टराईले गरेका थिए । कार्यक्रममा सोहना भूर्तेल र युनिसा उप्रेतीले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer