२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सामुहिक अभियान साकोसको अध्यक्षमा जगन्नाथ भट्टराई


बिर्तामोड, असोज २० । सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जगन्नाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

मेचीनगर १२ सहरेडाँगीमा रहेको संस्थाको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि संस्थाको उपाध्यक्ष रहेका थिए ।

साकोसका अध्यक्ष भूपेन्द्र न्यौपाने स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएकाले सहकारीको नियमलाई मध्यनजर गरेर उनले साकोसको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, साकोसको रिक्त रहेको उपाध्यक्षमा टिकाराम रिजाल र सदस्यमा गोकुल खत्री सर्वसम्मत चयन भएका छन् ।

संस्थाका अध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल रहेका थिए ।

कार्यक्रममा साकोसका संस्थापक कार्यसमितिका पदाधिकारीदेखि बचतकर्तासम्मलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नरेन्द्रकुमार विष्ट, तिलकप्रसाद गिरी, यामनाथ बराल, प्रेम नेम्वाङ, प्रेम भट्टराई, रमेश भट्टराई, सविना खतिवडा, भोजबहादुर कार्की र गंगा भट्टराई रहेका छन् ।

त्यस्तै, साकोसमा कार्यरत कर्मचारी र पूर्वकर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने प्रतिज्ञा कोइराला, सविता भुर्तेल, रोश्नी कालिकोटे, चिन्ता घिमिरे, कविता पुरी र प्रतिमा राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै, विशिष्ट योगदान पुर्याउने दुर्गा हनुमान मन्दिर, ऋतिका डेरी उद्योग, व्यप्तीस चर्च र माधव संस्कृत विद्याश्रमलाई सम्मेत सम्मान गरिएको थियो ।

असल ऋणी भीमकुमार विष्ट, उत्कृष्ट बचतकर्ता कमला मिश्र पौडेल, उत्कृष्ट बाल बचतकर्ता अन्स निरौलालाई सम्मान गरिएको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले साकोसले २०८० असार मसान्तसम्म २० लाख ८१ हजार ४८३ रुपैयाँ खुद नाफा गरेको प्राप्त गरेको बताए । संस्थामा २ हजार ७२९ पुरुष, २ हजार ४९ महिला र अन्य ५० गरी ४ हजार ८२८ शेयर सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि दंगाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका संयोजक सन्तोषप्रसाद सापकोटा लगायतले आआफ्ना धारणा राखेका थिए ।

साकोसका उपाध्यक्ष महेन्द्रदेवी पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer