२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

असोज २६ गतेदेखि ‘धुलाबारी महोत्सव २०८०’ हुने


मेचीनगर, असोज २१ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवमा स्थानीय रोलिङ क्लबको विशेष सहयोग रहने बताइएको छ ।

महोत्सवका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।

पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा आचार्यले जानकारी दिइन् ।

महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघसंस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको खड्काको भनाइ छ ।

महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer