२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

परदेशी २ आजबाट देशव्यापी प्रदर्शनमा


बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् ।

दसैँको फूलपाती (कात्तिक ४) मा प्रदर्शन आउने तयारीमा रहेको यो फिल्म एक साता अगाडि नै आउने भएको निर्माता राजेश वंशलले बताए ।

देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पूर्वी नेपाल आएको थियो । बुधबार इटहरीमा पत्रकार भेटघाट गर्दै राम्रो कथामा परदेशी २ निर्माण गरिएकाले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेको छ ।

पत्रकार भेटघाटमा फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा शिवाकोटी र निर्माता राजेश वंशलको उपस्थिति थिए ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सम्पूर्णले परदेशी २ हेर्न नछुटाउन अनुरोध गरिन् । अभिनेता प्रकाशले पनि आफ्नो संगीत करियरसँगै छायांकन सुरु भएको फिल्म भए पनि कहिले नमर्ने कथा परदेशी २ मा भएको हुनाले नेपालीको आफ्नै लाग्ने बताए ।

निर्माता राजेशले पनि देशव्यापी रुपमा प्रचारमा हिँड्दै गर्दा फिल्म निर्माणमा रहेको चुनौती सामना गर्दै अगाडि बढ्न हौसला मिलेको बताए ।

अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘परदेशी–२’ नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । प्रकाश सपूतले पहिलो सिनेमामार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित भएको बताए ।

अभिनेत्री वर्षाले फिल्ममा आफ्नो फरक भूमिका रहेको बताइन् । फरक फिल्ममा फरक भूमिका गर्ने अपेक्षाअनुसार फरक भूमिका निर्वाह गर्ने प्रयास गरेकी उनको दाबी छ ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो निर्देशकिय फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer