
बिर्तामोड, असोज ३० । झापा कनकाईका दिनेश पोखरेल गैरआवसीय नेपाली संघको ओसेनिया क्षेत्रको संयोजकमा निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक समेत रहेका पोखरेल संघको अन्तर्राष्ट्रिय कार्यसमिति ओसेनिया क्षेत्रको संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनी २०२३–२०२५ को कार्यकालका लागि ओसेनियाभित्र पर्ने अष्ट्रेलिया, न्युजिल्यान्ड र पपुवा न्युगिनीको संयोजक भएका हुन् ।

झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष हुन् । उनी दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।
अष्ट्रेलियामा शिक्षा तथा अन्य व्यवसाय गर्दै आएका उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।