२०८२ बैशाख १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

खुदुनाबारीमा सवारी दुर्घटना हुदाँ एकै गाउँका २ जनाको मृत्यु


अर्जुनधारा,कात्तिक ४। अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा केहिबेर अघि सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक(हात्तीगाडी) सँग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार सोही ठाउँका अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी प्रमुख न्यौपानेले बताए।

हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

मृत्यु हुने दुवैजना एकै गाउँका हुन् । हात्ती गाडी चालक पनि सोही गाउँका पुर्वबासिन्दा रहेको र उनिहरु तिनै जनाबिच एकआपसमा चिनजान रहेको प्रहरीले बताएको छ ।

Adv footer