२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आज युएईलाई जिते नेपालले २०२४ को टि२० विश्वकप खेल्ने


बिर्तामोड, कात्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान–११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलोपटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रनेछ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ । नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन् । युएईका आयन खान र नेपालका सन्दीप लामिछाने दुबै प्रमुख स्पिनर हुन् ।

नेपालले टोलीमा परिवर्तन गर्ने झिनो सम्भावना छ । यदि दिपेन्द्रसिंह ऐरीलाई जोखिम लिएर खेलाएमा सन्दीप जोरा बाहिर हुनुपर्छ । अन्य परिवर्तन देखिँदैन । उता वृत्य अरविन्द घाइते छन् । उनी खेल्न नसके अर्यांश शर्मा खेल्नेछन् ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।

आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल भने आइतबार बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

हेड टु हेड

नेपाल र युएईबीच टि२० आइमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer