
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षी ११ स्थित रतुवामाई बृक्षरोपण आयोजनाको जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।


झिलझिले सताक्षीधाम सडकको ५ मिटर पश्चिममा सडिएको अवस्थामा शव फेला परेको हो । शवको नजिकै भिभो मोबाइल र व्याग फेला परेको छ । फेला परेको व्यागमा गाँजा र रक्सी भेटिएको प्रहरीले जनाएको छ । करिव ५ दिनअघि ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


