२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

हाम्रो नेपाल साकोसको शेयर पुँजी पौने १९ करोड, मंसिर २७ मा साधारणसभा


बिर्तामोड, कात्तिक २३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी पौने १९ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म संसथाको शेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए ।

त्यस्तै, संस्थाको जगेडाकोष १ करोड ८८ लाख १५ हजार ७८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५३५ रुपैयाँ रहेको छ ।

कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८ रुपैयाँ रहेको हाम्रो नेपालको कर्जा लगानीमा कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रुपैयाँ रहेको छ ।

संस्थामा तरलता २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ रहेको छ भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको अध्यक्ष दंगााले बताए ।

संस्थामा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० हजार ९८१ महिला र १४ हजार ९०३ पुरुष गरी ३५ हजार ८८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहाले जानकारी दिए ।

यसैबीच, संस्थाको ११ औँ साधारणसभा यही मंसिर २७ गते हुने भएको छ । कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाको मंसिर १३ गतेदेखि २० गतेसम्म इकाइगत साधारणसभा सम्पन्न हुनेछ ।

सबै सेवा केन्द्रको सातवटा इकाइगत साधारणसभा गरेर मंसिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला गरी साधारणसभा सम्पन्न गरिने दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer