२०८२ जेठ ६ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गिरीको मृत्यु


दमक, मंसिर ३ । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–३ स्थित कमल खोलामा गए राति करिब सवा ८ बजे पूर्वबाट पश्चिम तर्फ गइरहेको प्र. १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ६५ वर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते गिरीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएको र उनको उपचारको क्रममा राति करिब १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Adv footer