
बिर्तामोड, मंसिर ३ । चाडबाडको मौकी छोपेर कनकाई नगरका घरहरुमा पसेर चोरी गर्दै आएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई-१ जामुनबारीमा चोरी गर्दागर्दै आज बिहान ती महिलालाई स्थानीयले चोरी गरिएको सामानसहित पक्रेर प्रहरीको जिम्मा लगाएका छन् ।
जामुनबारीमा स्थानीय सुलोचना ओलीको घरबाट लक्ष्मीपूजा पुजेको गाग्रो र अर्का कनकाई-७ कालीमोडाका गंगाप्रसाद पाठकको मोबाइल चोरी भएको थियो ।

चोरी भएको थाहा पाउन साथ पाठकले चोरलाई पछ्याएर समातेका थिए । ओलीका अनुसार चोरी गर्ने महिला अन्दाजी ४० वर्षको रहेकी छन् । महिलाहरुको चोरी ग्याङ समेत हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।
चोरीमा संलग्न महिलालाई गाग्रोसहित इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।