
बिर्तामोड, मंसिर ६ । जंगली हात्तीको आक्रमणबाट झापामा एक भुटानी शर्णार्थीको मृत्यु भएको छ।
मृत्यु हुनेमा दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा बसोबास भएका ७२ वर्षीय पदमलाल तामाङ रहेका छन् ।


तामाङ मङ्गलबार वडा नं ३ स्थित हम्सेदुम्से सामुदायिक बनभित्र साईकल लिई दिउँसो दाउरा खोज्न गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलभित्र जंगली हात्तीले किचेर मारेको अवस्थामा गएराति ९ बजे फेला परेका थिए ।


प्रहरी चौकी बाघखोरमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई राति १०ः५५ बजे कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि तामाङको शव दमक अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ ।
