२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरबाट ब्राउनसुगरसहित तीनजना पक्राउ


मेचीनगर, मंसिर ७ । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेची पुलबाट तीनजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ बुधवार एउटै साइकलमा आउँदै गरेका मेचीनगर–९ का २८ वर्षीय अरुण दर्जी र मेचीनगर–१० का ४६ वर्षीय भोजबहादुर सार्कीमाथि शंका लागेर जाँच गर्दा साइकलको बायाँतर्फको हेन्डलको प्वालमा लुकाएर ल्याउँदै गरेको १ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बुधबार नै भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–३ का २२ वर्षीय युवराज गिरीलाई प्रहरीले ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

प्र. १–०१–०१५ प ७३३४ नम्बरको स्कुटीमा सवार उनलाई चेकजाँच गर्दा चालक गिरीको साथबाट ब्राउनसुगर बरामद भएको थियो ।

लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer