२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा श्रीमतीको हत्यापछि पतिद्वारा आत्महत्या


भद्रपुर, मंसिर ७ । झापाको भद्रपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुवास लिम्बूले आज बिहान ९ बजे आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बूलाई कुटपिट गरी हत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि सुवासले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घरनजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । श्रीमतीको फोटो र सुसाइड नोट सुवास झुन्डिएकै ठाउँमा भेटिएको छ ।

स्थानीयले आज बिहान सुवास रुखमा झुन्डिएको देखेपछि तत्काल सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुग्दा सुवाससँगै श्रीमती जुनिता घरभित्र मृत अवस्थामा फेला परेको डिएसपी रिजालले बताए ।

घटनाको प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार श्रीमान–श्रीमतीबीच गए राति घरायसी झगडासँगै कुटपिट समेत भएको थियो । सुवासको दाजुले गए राति १२ बजेसम्म उनीहरूको झगडा मिलाएर घर फर्किएका थिए ।

श्रीमानको कुटपिटबाटै श्रीमतीको मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरूको तीनजना छोराछोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ ।

Adv footer