
बिर्तामोड, मंसिर ८ । अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले होम अरेष्ट गरेको बताएका छन् ।


भक्तपुरको ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गर्दै उनले भने, ’म अहिले ’होम अरेस्ट’मा छु ।’


उनले आफूलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने बताए । ’मलाई सक्नुहुन्छ भने प्रहरी हिरासतमा लानुस् । केही फरक पर्दैन’, उनले भने ।



पत्रकार सम्मेलन जारी छ ।

अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेपछि उनले पत्रकार सम्मेलन गरेका हुन् । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन ।



उनको नेतृत्वमा आज काठमाडौँको तीनकुनेमा प्रदर्शनको तयारी थियो । काठमाडौँ प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ ।


प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठुलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन ।


उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । सचिवालय सदस्य विनोद बजगाईंले प्रहरीले नजरबन्दमा राखेको र कारण बुझ्न प्रहरीको केन्द्रीय कार्यालय जान लागेको बताए ।