बिर्तामोड, मंसिर ११ । झापा भद्रपुरका एक युवकलाई भारतीय सुरक्षाकर्मीहरुले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर भानुचोकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबी भातगाउँ इकम्पनीका सुरक्षाकर्मीले २९ दशमलव ५ ग्राम ब्राउनसुगरसहित भुजेललाई पक्राउ गरेका हो ।
भातगाउँ–भक्सरभिटा सीमा क्षेत्रमा स्कुटरमा रहेका भुजेललाई शंका लागेर जाँच गर्दा उनको साथबाट सो लागुऔषध बरामद भएको थियो । उनलाई गलगलिया थानामा बुझाइएको छ ।
नियन्त्रणमा लिइएका भुजेललाई कानुनी कारबाहीका लागि न्यायिक हिरासत किसनगञ्ज पठाइएको थानाध्यक्ष राहुल कुमारले जानकारी दिए ।
Comments are closed