![](https://jhapatoday.com/wp-content/uploads/2023/11/gauradaha.jpg)
दमक, मंंसिर १२ । झापाको गौरादहस्थित कार्की चोकमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
गौरादह चोकभन्दा करिब ७०० मिटर दक्षिण कार्की चोकमा बेल्ला पानीको अस्थायी नम्बर ना. अ. प. स २५३ को पिकअप (रिफर भेन) र गौरादह नगरपालिका ई ५३ नम्बरको सिटी सफारी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/11/shikharhos-1-1.jpg)
दुर्घटनामा परी सिटी चालक गौरादह २ बस्ने अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।
दुर्घटनामा सिटीमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन् ।
त्यस्तै, पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन् । घाइतेहरुको दमकमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ ।
Comments are closed